काठमाडौं । ग्लोबल आइएमई बैंकले बोनस सेयर दिने घोेषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको पाँच दशमलव पाँच प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।