काठमाडौं । मुक्तिनाथ विकास बैंक र आईडिया नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धिलगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडिया नेपालको तर्फबाट कन्ट्री डाइरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका छन् ।
उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । दुवै संस्थाहरूको साझेदारीले वित्तीय सुधारसहितको समावेशिता, ग्रामीण विकासमा टेवा, साना किसानहरूलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरणलगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।