काठमाडौं । सेवा रेमिट प्रालिको अनुमति खारेज भएको छ । शुक्रबार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न अनुमति प्राप्त गरेको सेवा रेमिटको लाइसेन्स खारेज गरेको जनाएको हो ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकका अनुसार कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको जानकारी दिएको छ ।