काठमाडौँ । सुनको मूल्य स्थानीय बजारमा हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्य प्रतितोला छ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।