काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही कात्तिक ३० गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आफ्नो २३औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ४५ करोड रुपैयाँमध्येबाट १४ दशमलव २५ प्रतिशतका दरले हुन आउन २० करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनका लागि हाल कायम रहेको चुक्तापुँजीको शून्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने एक करोड आठ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी पनि संस्थाले गरेको छ । बोनस सेयर वितरणपश्चात संस्थाको चुक्तापुँजी एक अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही कात्तिक नौ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।