काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिकरूपमा सार्वजनिक गरेको छ । भिभो भी ४० भी सिरिजको पछिल्लो संस्करण हो । दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रिन)मा उपलब्ध भिभो भी ४० ले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ ।
फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमन्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ । भिभो भी ४० लाइटमा ५००० एमएच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । फोनको ब्याट्री लाइफ चार वर्षको रहेको कम्पनीले जनाएको छ ।
यस स्मार्टफोनलाई आईपी ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ । भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भिभो भी ४० लाइट नेपाली बजारमा भित्र्याउन पाउँदा निकै खुसी व्यक्त गरेको बताए ।
डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले हरेक चलचित्र, संगीत ट्«याक वा खेललाई जीवन्त बनाउने कम्पनीले विश्वास लिएको छ । फोनमा एआई–ईरेज र एआई–फोटो इनह्यान्समेन्टजस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्ने पनि जनाइएको छ ।
फोनमा आठ प्लस आठ जीबीको विस्तारित ¥याम र दुई सय ५६ जीबी स्टोरेज क्षमता रहेको छ । आगामी कात्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा मात्र ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दराजमा फोनको अग्रिम बुकिङ गर्न सकिनेछ । साथै, देशभरका मुख्य रिटेल स्टोरमा पनि फोन उपलब्ध हुनेछ ।