वासिङटन । अमेरिकी बजेट घाटा आर्थिक वर्ष २०२४ मा एक दशमलव ८३३ ट्रिलियन बढेको छ । संघीय ऋणमा ब्याज पहिलो पटक एक ट्रिलियन नाघेकाके र सामाजिक सुरक्षा सेवानिवृत्ति कार्यक्रमको खर्च बढेका कारण बजेट घाटा उच्च देखिएकाके ट्रेजरी विभागले बताएको छ ।
सेप्टेम्बर ३०मा समाप्त भएको गत आर्थिक वर्षको बजेट घाटा एक दशमलव ६९५ ट्रिलियनको तुलनामा आठ प्रतिशत अर्थात् एक सय ३८ बिलियनले बढेको थियो । यो घाटा अमेरिकी इतिहासमा तेस्रो ठूलो संघीय घाटा हो ।
अमेरिकी सर्वोच्च अदालतले खारेज गरेपछि राष्ट्रपति जो बाइडेनको विद्यार्थी ऋण कार्यक्रमसँग सम्बन्धित तीन सय ३० बिलियन लागत घटेको छ । अदालतले सो कार्यक्रम खारेज नगरेको भए बजेट घाटा दुई ट्रिलियन नाघ्ने थियो ।