काठमाडौं । पाँच वर्षपछि एकै पटक चार वर्षको साधारणसभा गर्न आयोजना गरिएको कार्यक्रममा साहस ऊर्जा लिमिटेडका सञ्चालकहरूमाथि सहभागीहरूले झण्डै हातपात गरेका छन् ।
आइतबार राजधानीको कार्की ब्याङ्केटमा भएको उक्त कार्यक्रममा सहभागी सेयरहोल्डरहरूको विरोध र नाराबाजीका कारण सञ्चालकहरूले बाउन्सरहरूको बीचमा बसेर साधारणसभा सम्पन्न भएको घोषण गरेका छन् ।
प्रत्येक वर्ष गर्नुपर्ने साधारणसभा चार वर्षसम्म पनि नगरेको र चार वर्षमा ५१ लाख भत्ता खाएको देखाइएपछि अंशियारहरूले सञ्चालकहरूको विरोध गरेका हुन् । कार्यक्रम साहस ऊर्जाका अध्यक्ष हिम पाठकको नेतृत्वमा उक्त अनियमितता र कार्यक्रम दुवै भएको थियो ।