काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक सेयर (एफपीओ) जारी गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ६९.४९ः३०.४२ रहेकोमा अपुग सेयरका लागि एफपीओ जारी गर्न लागेको हो ।
संस्थाका अनुसार अपुग रकम तीन करोड ५० लाख ९० हजार चार सय २५ रुपैयाँको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ५० हजार नौ सय चार दशमलव २५ कित्ता एफपीओ जारी गर्न लागिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको संस्थाको एफपीओको बिक्री कार्य यही कात्तिक १२ गतेबाट सुरु हुनेछ । उक्त कार्य ढिलोमा यही कात्तिक २० गते र छिटोमा यही कात्तिक २६ गते बन्द हुने संस्थाले जानकारी दिएको छ ।