काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । फन्डले इकाईधनीहरूलाई करसहित छ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।