काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २० गते काठमाडौंको कालिमाटीस्थित कालिमाटी बैंकेटमा विशेषसभा गर्न लागेको हो ।
कम्पनीले सभामार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायहरूको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको हो । यसबाहेक सभाले पाँच जना सञ्चालकहरू नियुक्ति समेत गर्नेछ । विशेष सभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही कात्तिक १२ गते सेयर दर्ता किताब बन्द हुने छ ।