काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा कायम रहेको कुल चुक्ता पुँजी १० करोड ७६ लाख १८ हजार नौ सय ४० रुपैयाँमध्येबाट कुल १४ दशमलव ५० प्रतिशतका दरले हुन आउने एक करोड ५६ लाख चार हजार सात सय ४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको यही कात्तिक चार गते बसेको सञ्चालक समितिको दुई सय ३२औँ बैठकले गरेको लाभांश वितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउने छ । घोषित लाभांशमध्येमा १३ दशमलव ७७ प्रतिशतका दरले हुन आउने एक करोड ४८ लाख २४ हजार पाँच सय आठ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७२ प्रतिशतका दरले हुन आउने सात लाख ८० हजार दुई सय ३७ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।