काठमाडौं । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक गर्ने भएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउने बताए ।
नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको छ ।