भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको छ ।
अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले बिहीबार अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको बताइन् । समीक्षा बैठक बुधबार समापन भएको हो ।
यसअघि पनि भक्तपुर अस्पतालले उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । आगामी महिनादेखि अस्पतालले प्रदेश सरकारको बजेटमा एमआरआई सेवा सञ्चालन गर्ने डा. गौतमले जानकारी दिइन ।