काठमाडौं । राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ । यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब पाँच दशमलव ९९ प्रतिशत ज्यालामै सुनका गहनाहरू बिक्री गर्ने घोषणा गरेको हो ।
सुनचाँदी व्यवसायीहरूको तीव्र विरोधका बाबजुद पनि नारायण ज्वेलर्सले श्रावणदेखि नै पहिलो पटक जर्ती नलिने घोषणा गरेर सात प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो । नारायण ज्वेलर्सका सञ्चालक नारायण विश्वकर्माले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार कात्तिक ३० गतेसम्म यो अफर लागू हुनेछ । यो अवधिमा उपभोक्ताहरूले बढीभन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिल्ने बताए । न्युरोड गेटबाट विशालबजार जाँदा एक सय मिटर अगाडि बायाँपट्टि नारायण ज्वेलर्स रहेको छ ।