काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको खुद नाफा ऋणात्मक देखिएको छ । फाइनान्सले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार फाइनान्सले ११ करोड ३३ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड ३९ लाख ८० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा आठ अर्ब ३१ करोड ३२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २७ करोड ९२ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार करोड नौ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही फाइनान्सले आठ अर्ब १५ करोड ७० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड ६९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा चार करोड ९७ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।