काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको छ । हृदयाघातका कारण प्रमुख कार्यकारी रावलको निधन पारिवारित स्रोतले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार बुधबार राति उपचारका लागि भक्तपुरको नागरिक अस्पतालमा भर्ना भएका रावलको बिहीबार बिहान निधन भएको हो ।
नेपाल बीमा प्राधिकरण र नेपाल बिमक संघको संयुक्त आयोजनामा काठमाडौंका सोल्टी होटलमा भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी सम्मेलनमा सहभागी भएका रावलको स्वास्थ्यमा बुधबार राति एक्कासी समस्या देखिएको थियो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका रावलको उपचारकै क्रममा निधन भएको हो ।