काठमाडौं– गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको छ।
विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु गर्दै विभिन्न बैंकलाई पत्र लेख्दै उनीहरुका कारोबार उपलब्ध गराउन अनुरोध गरेको छ। विभागले सहकारी ठगि काण्डमा मुछिएका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गर्न लागेको हो ।
विभागले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिसकेको छ।
त्यस्तै एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।
