काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले मोटरसाइकल साटासाट योजना सुरू गरेको छ । यसयोजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिन्छ ।
हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले बजाज बाइकको लोकप्रियता र ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै यो सुनौलो योजना सुरु गरेको जानकारी दिए । साथै, ग्राहकहरूका लागि यस्ता नयाँनयाँ योजनाहरू अझ अरू पनि ल्याउने प्रतिबद्धता जनाए । भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथै यस कार्यक्रमअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना बिहीबारदेखि सुरू भएको हो ।