काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौंमा आन्दोलन गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको अगुवाईमा भएको आन्दोलनमा माओवादीका अन्य शिर्ष नेताहरु पनि सहभागि रहेका थिए । हजारौं कार्याकर्तालाई सडकमा उतारेर उनीहरुमाझ पूर्व प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार असफल भएको संकेत गर्दै आक्रोष पोखेका छन् । सरकारविरुद्ध काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले यो सरकार सुशासन विरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकोमा जे चिन्ता गरिएको थियो त्यसलाई सय दिनमा सरकारले आफैँले पुष्टि गरेको टिप्पणी गरे ।
माओवादी केन्द्रले खबरदारी सभा गर्न लागेपछि सत्ता गठबन्धनले लोकतन्त्र विरोधी गतिविधि भन्दै ७ बुँदे विज्ञप्ति निकालेको उल्लेख गर्दै सरकार ढाल्नका लागि यो खबरदारी सभा नगरेको बताउँदै उनले भ्रष्टाचारी संरक्षण गर्नतिर नलाग्न आग्रह गरे ।