काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ३४ लाख ९९ हजार दुई सय ७६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० लाख ८६ हजार छ सय २६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ९४ करोड ७८ लाख ८१ हजार पाँच सय १० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड ७३ लाख ४८ हजार एक सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा सात करोड २० लाख ६५ हजार तीन सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ७७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ९० करोड ४२ लाख ७९ हजार पाँच सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७६ करोड ५७ लाख ८८ हजार दुई सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५३ लाख ११ हजार तीन सय ३६ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ५५ प्रतिशत रहेको थियो ।