काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे । कार्यक्रममा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका इन्भेन्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरूलाई सेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनुपर्ने सचेतनाका बारेमा प्रकाश पारेका थिए ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।