काठमाडौं । शेयर बजार परिसुचक नेप्से साताको पहिलो कारोबार दिन आईतबार नैं ओरालो लागेको छ । नेप्से आज नौं दशमलव १९ अंकले ओरालो लागेर २६ सय १७ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ८० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा तीन सय २० वटा कम्पनीहरुको ५६ हजार छ सय ४६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । बाणिज्य बैक, निर्जीवन बीमा, बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जीवन बीमा, जलबिद्युत, होटल तथा पर्यटन र व्यापार समुहको सुचक उकालो लागेका छन् ।