काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन नौं अंकले ओरालो लागेको नेप्से परिसुचक आज सोमबार २७ दशमलव ४१ अंकले उकालो लागेर २६ सय ४५ दशमलव ३६ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १४ अंकले उकालो लागेर चार सय ७२ दशमलव ९५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ५८ हजार पाँच सय ५२ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड चार लाख १८ हजार नौं सय २६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३४ करोड ४८ लाख नौं सय १२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुुरै हरियो देखिएको छ ।