काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्णरत्न माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब एक सय जना विद्यार्थीहरूलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु हो ।
विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ)द्वारा प्रवद्र्धन गरिएको विश्वव्यापी अभियान हो, जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्छ ।