काठमाडौं, असार २३
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ३३ दशमलव २७ अंकले उकालो लागेर १२ सय ९८ दशमलव ७३ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन छ दशमलव तीन अंकले उकालो लागेर दुुई सय ७५ दशमलव ८८ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७६ कम्पनीहरूको १७ हजार तीन सय ८४ वटा कारोबार भएका छन् । जसनुुसार २७ लाख ३१ हजार चार सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९२ करोड ७८ लाख ४१ हजार तीन सय २९ रूपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य छ अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उच्च अंकले उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव २९ अंकले उकालो लागेर ११ सय नौ दशमलव ८१ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १४ दशमलव १५ अंकले उकालो लागेर १६ सय ७४ दशमलव आठ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि १२ दशमलव ४७ अंकले उकालो लागेर नौ सय ३४ दशमलव ४३ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ८४ दशमलव ११ अंकले उकालो लागेर दुई हजार एक सय ७० दशमलव ५३ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ७४ दशमलव चार अंकले उकालो लागेर पाँच हजार सात सय ८२ दशमलव ७३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय ६६ दशमलव ४३ अंकले उकालो लागेर सात हजार आठ सय दशमलव ९५ अंकमा चढेको छ । यी बाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १४ दशमलव ४७, ७४ दशमलव ६७, दुई दशमलव ५१, ४५ दशमलव २३ र २९ दशमलव ६२ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० रूपैयाँले बढेर १३ सय २० रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य पनि १० रूपैयाँले बढेर चार सय ४० रूपैयाँमा कारोबार किनबेच भएको छ । यी बाहेक सूर्योदय लघुुवित्त वित्तीय संस्था, युुनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ८९ पैसाले घटेर एक सय ६४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बोर्टलस नेपाल (तराई) लिमिटेडको सेयर मूल्य पाँच रूपैयाँ ८६ पैसाले घटेर पाँच हजार आठ सय ४७ रूपैयाँमा किनबेच भएको छ । यी बाहेक देवः विकास बैंक, जोशी हाइड्रो पावर कम्पनी आदिको सेयर मूल्य पनि ओरोलो लागेका छन् ।
यसदिन नेपाल पुनर्बीका कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता चार सय ४० रूपैयाँ अन्तिम मूल्यमा १४ करोड ५३ लाख ३१ हजार तीन सय ८० रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय आठ रूपैयाँ अन्तिम मूल्यमा सात करोड ८० लाख ९१ हजार सात सय ९३ रूपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक प्रभु बैंकको संस्थापक सेयर, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।