काठमाडौैं, असार २३ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही साउन ११ गते काठमाडौँको होटल म्यारियटमा दोस्रो वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले उक्त सभामार्फत कम्पनी वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुुका अतिरिक्त आगामी आर्थिक वर्षको लागि जारी गरिने नीतिका विषयमा समेत प्रस्ताव पारित गर्ने तयारी गरेको छ । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ७० लाख २० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १५ करोड ४२ लाख ४६ हजार रूपैयाँ रहेको थियो ।