काठमाडौैं, असार २३ नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निस्कासन एवं प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार सम्झौता भएको छ । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रूपैयाँबराबरको सेयर प्रत्याभूत गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेको कोषले जानकारी दिएको छ ।