काठमाडौैं, असार २३
आई–पे रेमिट र ई–सेवाबीच सम्झौता भएको छ । दुुवै कम्पनीहरूले डिजिटल कारोबारको लागि सहकार्य गर्ने विषयमा सम्झौता गरेका हुुन । सम्झौतामा आई–पे रेमिटको तर्फबाट कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुुन् । आव सिस्टम इन्ट्रिग्रेसनपश्चात् आई–पे रेमिटका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ई–सेवा वालेटमा पैसा जम्मा गर्न सकिनुका साथै आई–पे रेमिटमार्फत नेपाल भरबाट पठाएको रकम ई–सेवा वालेटबाट सजिलै प्राप्त गर्न सकिनेछ । यसबाट ग्राहकमा थप सुविधा पुग्ने आई–पे रेमिटका बजार प्रमुख रूपनारायण श्रेष्ठले बताए । आई–पे रेमिटले मलेशिया, जापान लगायत विश्वका विभिन्न मुलकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।