काठमाडौं । अनलाइन बजार, दराज नेपालले हालै छैठौँ विक्रेता सम्मेलन आयोजना गरेको छ । कम्पनीले ललितपुर सानेपामा रहेको हेरिटेज गार्डेनमा सो सम्मेलन आयोजना गरेको हो । ‘इम्पावरिङ सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ’ नाराका साथ आयोजना गरिएको सम्मेलनमार्फत कम्पनीले आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो । कार्यक्रममा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खान सहभागी थिए ।
दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले विक्रेताहरूको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले यो सफलता पाएको बताइन् । कार्यक्रम १८ विक्रेताहरूलाई सम्मान गरिएको थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो । विक्रेता सम्मेलनले सम्मानलहरूलाई विगतका उपलब्धिहरूमा मात्र सीमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधार समेत तयार गरेको कम्पनीको विश्वास छ ।