काठमाडौैं, असार २३
मितेरी डेभलपमेन्ट बैंकका सञ्चालिका जानुका भट्टराई थापाले राजीनामा दिएकी छिन् । बैंकको स्वतन्त्र सञ्चालककोरूपमा रहेकी भट्टराईले आफ्नो व्यक्तिगत कारणले सञ्चालकको जिम्वेवारी पूरा गर्न असमर्थ रहेको भन्दै सञ्चालक पदबाट राजीनामा दिएकी हुुन् । बैंकका अनुसार उनको राजीनामालाई बैंकको यही असार १७ गते बसेको एक सय ९५औं सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड आठ लाख १२ हजार चार सय सात रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड ४६ लाख ५५ हजार पाँच सय ६७ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ६९ करोड ३३ लाख ७१ हजार दुुई सय ५० रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ९५ करोड ८९ लाख ६८ हजार चार सय २५ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब २३ करोड ५९ लाख ४३ हजार सात सय ६१ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ३८ लाख ४९ हजार २५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा छ करोड १४ लाख ५९ हजार छ सय १५ रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ७१ करोड ७३ लाख १५ हजार दुुई सय २६ रूपैयाँ निक्षेप संंकलन गरी चार अर्ब तीन करोड ७९ लाख १४ हजार छ सय ५५ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले १९ करोड ७३ लाख ९० हजार पाँच सय ३१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४८ प्रतिशत रहेको थियो ।