काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको यही कात्तिक १२ गते सिन्धुलीस्थित सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली उद्योग वाणिज्य संघमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीे तथा शिक्षकहरूको संलग्नता रहेको थियो । त्यस्तै, सिन्धुली उद्योग वाणिज्य संघमा स्थानीय व्यवसायीहरूको संलग्नता रहेको थियो । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहलगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिस्ट्रर कार्यालय रहेको छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजीबजारमा प्रत्यक्षरूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।