काठमाडौं । एभरेस्ट कलर लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले मंसिर १ गते हुने साधारणसभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने जनाइएको छ । २६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । साथै, सभाले सो प्रस्ताव पारित गरे कलर सेक्टरमा एभरेस्ट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुनेछ । कम्पनीको गत कात्तिक छ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा मंसिर १ गते गर्ने निर्णय गरेको थियो ।