काठमाडौं । तिहारको लामोबिदा सकिएपश्चात आज मंगलबार पहिलो दिन खुलेको शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज शुन्य दशमलव २१ अंकले खुम्चिएर २६ सय ७७ दशमलव ४० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८२ अंकले खुम्चिएर चार सय ७७ दशमलव ९९ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ४७ हजार पाँच सय १५ पटक शेयर किनबेच भएको छ । जसबाट ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये आज बाणिज्य बैंक उपसमुहको सुचक १२ दशमलव ४० अंकले ओरालो लाग्दा बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहहरुको सुचक पनि ओरालो लागेका छन् । फाईनान्स उपसमुहको सुचक भने सात दशमलव १७ अंकले उकालो लाग्दा, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक पनि उकालो लागेका छन् ।