काठमाडौं । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान भएको छ । कम्पनीले यही मंसिर तीन गते काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट ५७ दशमलव ३९ प्रतिशतका दरले हुन आउने चार करोड १३ लाख २५ हजार एक सय ७२ रुपैयाँ बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।