काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड १९ लाख ८५ हजार नौ सय ७९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १७ करोड ३२ लाख ८० हजार नौ सय २६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ५१ करोड ८१ लाख ३४ हजार एक सय ३८ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५७ अर्ब ६३ करोड ३१ लाख ९५ हजार नौ सय ७० रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ७८ करोड ७० लाख चार हजार चार सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ४५ करोड ९८ लाख १८ हजार ४२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५८ अर्ब ५५ करोड ३१ लाख १३ हजार चार सय ७८ रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ३२ करोड ८० लाख चार हजार एक सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा ४३ करोड १८ लाख ९९ हजार तीन सय ८७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।