काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लम अधिकारीले नक्कली कागजात बनाएर तीन जालाई जापान लगेर छाडेर राजधानी फर्किएपछि पदबाट राजीनामा दिएर चोखिन खोजेको थाहा भएको छ । संघिय र प्रदेश सरकारलाई थाहै नदिई मन्त्री अधिकारी गत १३ गते उनीहरुलाई लिएर मानवतस्करी गर्न जापान गएका थिए ।
तर जापानले उनीहरु चारै जनालाई एयरपोर्टबाटै डिपोर्ट गरेको थियो । मन्त्री अधिकारी हङकङबाट जनक राई,दावा शेर्पा र नाम नखुलेको देकोटा थरका व्याक्तिलाई जापान पु¥याएका थिए । तर एयरपोट बाटैडिपोट भएपछि उनले गत बुधबार पदबाट रानीनामा दिएका हुन ।
मन्त्री अधिकारीले उनीहरुलाई आफ्नो सचिवालय सदस्य बनाएर जापान लगेका थिए । उक्त सचिवालय सदस्य नक्कली कागजात बनाएर मानव तस्करी गरेको काण्डमा कोशी प्रदेश सरकारले गृहमन्त्रालयका केही अधिकारीहरुको समेत संलग्नता रेको बुझिएको छ ।