काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित यती कोजी होटलबाट कटुवा पेस्तोल एक थान र चार राउन्ड गोली बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त होटलको पहिलो तल्लामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाइ गर्ने क्रममा पेस्तोल र गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त हतियार बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।