काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि यही मंसिर ११ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार दुई सय २० कित्ता हकप्रद सेयर बिक्रीको आह्वान गरेको हो ।
लक्ष्मी सनराईज क्यापिटल लिमिटेड अर्थात् एलएस क्यापिटलमार्फत यही मंसिर ११ गतेबाट खुला हुने हकप्रद सेयरको बिक्री कार्य यही पुस एक गतेबाट बन्द हुनेछ । अधिकृत पुँजी तीन अर्ब, जारी पुँजी दुई अर्ब ५० करोड २६ लाख ५७ हजार नौ सय ८२ रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार नौ सय ५८ रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात भने कम्पनीको चुक्ता पँुँजी दुई अर्ब ५० करोड २६ लाख ५७ हजार नौै सय ८२ रुपैयाँ पुग्नेछ ।