काठमाडौं । सेन्ट्रल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ९५ लाख १२ हजार दुई सय ६६ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा दुई करोड ६१ लाख ८० हजार छ सय २१ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार चार सय ५९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब ४५ करोड १४ लाख १६ हजार दुई सय ४१ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७२ करोड तीन लाख ६४ हजार पाँच सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५३ लाख ३१ हजार नौ सय ४२ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा आठ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले सात अर्ब ५० करोड ७३ लाख ९२ हजार २३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६२ करोड ९० लाख ८५ हजार सात सय ६९ रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ३७ लाख ४४ हजार तीन सय ४९ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको थियो ।