काठमाडौं । सर्पोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २६ लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ३६ करोड २७ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६७ करोड ७० लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ९४ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३१ करोड ४४ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६२ करोड ८२ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ४४ लाख ८५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।