काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आठ करोड ७९ लाख २३ हजार पाँच सय ९२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ७३ लाख चार हजार चार सय १२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा तीन अर्ब ४८ करोड ५५ लाख ३७ हजार चार सय ४९ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ७७ करोड सात लाख १४ हजार नौ सय ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ३२ करोड २२ लाख ८९ हजार आठ सय ९२ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ५४ करोड ६४ लाख १३ हजार दुई सय आठ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ४३ करोड दुई लाख १९ हजार चार सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ६८ लाख ९९ हजार तीन सय २५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।