काठमाडौं । ग्लोबल आईएमई बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही कात्तिक १४ गते बसेको सञ्चालक समितिको चार सय ४७ औँ बैठकले आफ्नो १८ औँ वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको हो ।
बैंकले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्तापुँजीमध्येबाट पाँच दशमलव ५० प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक बैंकले सोही वार्षिक साधारणसभामार्फत पुँजी वृद्धिको प्रस्ताव समेत पारित गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही मंसिर नौ गते एक दिनको लागि सेयर दर्ता किताव बन्द हुनेछ ।