काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ४७ लाख ७४ हजार आठ सय ७२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ६५ लाख ८० हजार चार सय ८० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब २९ करोड ८४ लाख ८७ हजार ५९ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५३ करोड ९४ लाख आठ हजार चार सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ३१ लाख २० हजार आठ सय ८६ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ८७ करोड दुई लाख ५० हजार दुई सय ५७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४४ करोड २३ लाख ४० हजार सात सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९५ लाख नौ हजार ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ४२ प्रतिशत रहेको थियो ।