काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ७९ लाख ८४ हजार चार सय ७४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ८२ लाख ६५ हजार तीन सय ११ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७० करोड ६१ लाख ९६ हजार नौ सय ८३ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा नौ अर्ब ८१ करोड ९८ लाख ६६ हजार एक सय ८४ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब १६ करोड ४१ लाख ७४ हजार नौ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४१ करोड ६१ लाख ३२ हजार छ सय ८९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ भने स्प्रेडदर छ दशमलव ६६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले नौ अर्ब ५८ करोड ७४ लाख ५८ हजार दुई सय २० रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ७२ करोड २५ लाख ६५ हजार पाँच सय पाँच रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड ४२ लाख ४२ हजार आठ सय ३७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव शून्य नौ प्रतिशत रहेको थियो ।