काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक पाँच अब एक सय किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । एकसय किलोवाट क्षमताको आयोनिक पाँच ईभीको मूल्य ९२ लाख ९६ हजार रूपैयाँ हुने छ ।
सन् २०२२ फेब्रुअरीमा आयोनिक पाँच नेपाल आएको थियो । आयोनिक पाँचमा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले तीन सय ७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । आयोनिक पाँचले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर, र विश्व कार डिजाइन अफ दि इयरजस्ता सम्मानित पुरस्कार प्राप्त गरेको छ । अन्तर्राष्ट्रियरूपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक पाँच सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ ।
आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि सो ईभीले दिने रेन्ज र अन्य स्पेक भने एक सय २५ किलोवाटको जस्तै हुने कम्पनीले जनाएको छ । करिब एक महिनाभित्रै नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने एक सय किलोवाटको आयोनिक पाँच खरिद गर्न चाहने ग्राहकले आजबाट नै सोरुममा बुक गर्न सक्ने छन् ।
प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक–५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई आठ सय भोल्ट इलेक्ट्रिकल आर्किटेक्चरमा तयार गरेको हो ।
आयोनिक पाँच नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले तीन सय ५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्छ । नेपाली बजारमा प्रिमियमा ईभी चढ्ने चाहनेहरूको लागि अयाोनिक पाँच एक उत्कृष्ट रोजाइ हो ।