काठमाडौं । सिटिजन बैंक इन्टरनेसलनमा सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका सुमितबाबु खत्री प्राइम कमर्सियल बैंकमा डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका छन् । एक महिनाअघि सिटिजन बैंकबाट बाहिरिएका खत्री प्राइममा कात्तिक २० देखि लागू हुने गरी डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका हुन् ।
खत्रीले सिटिजन्स बैंकमा दुई दशक बढी बिताएका थिए । करिब २४ वर्षको बैंकिङ अनुभव रहेका खत्रीले सिटिजन्स बैंकमा १९ वर्ष कर्जा विभागको विभिन्न पदमा रहेर काम गरेका थिए । खत्रीले संस्थागत तथा व्यावसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एसएमई युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिङ युनिटको प्रमुखको जिम्मेवारी वहन गरेका थिए । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्ष समेत हुन् ।