काठमाडौं । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २२ करोड ५७ लाख ४३ हजार नौ सय ८१ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २० करोड १५ लाख ५४ हजार सात सय ९३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २८ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ८३ अर्ब २७ करोड १४ लाख ५४ हजार पाँच सय २६ रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड ७२ लाख ९२ हजार सात सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९८ करोड ६८ लाख चार हजार नौ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ६८ करोड ४४ लाख ६३ हजार एक सय १३ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ८४ अर्ब २५ करोड २७ लाख ५६ हजार एक सय ३० रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब एक करोड २१ लाख ४० हजार आठ सय एक रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८८ करोड ८३ लाख ५० हजार पाँच सय ७२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ३८ करोड ६८ लाख ५१ हजार तीन सय ८७ रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको थियो ।