काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २१ लाख ६८ हजार आठ सय २८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३९ लाख ३० हजार १२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ८८ करोड १४ लाख २० हजार ४८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड २० लाख ९० हजार नौ सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ९६ लाख ७४ हजार आठ सय ८९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ८२ करोड २५ लाख ३९ हजार पाँच सय ७६ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ करोड ३१ लाख ७९ हजार आठ सय एक रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ८५ लाख ९८ हजार एक सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको थियो ।