काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १५ करोड ११ लाख ९० हजार तीन सय १० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा पाँच करोड आठ लाख दुई हजार आठ सय १२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५९ अर्ब ३२ करोड २२ लाख ६८ हजार पाँच सय ९६ रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४४ करोड ६६ लाख २६ हजार छ सय ४२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ४८ लाख ९९ हजार सात सय ४६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने २९ करोड ९१ लाख ७५ हजार तीन सय चार रुपैयाँले ऋणात्मक रहेको बैंकमा चार दशमलव ५८ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६५ अर्ब ८४ करोड ८२ लाख १८ हजार पाँच सय १३ रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब १७ करोड ९४ लाख ९८ हजार ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५७ करोड ३९ लाख ९१ हजार छ सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने १३ करोड १५ लाख ६४ हजार दुई सय ७९ रुपैयाँले ऋणात्मक रहेको बैंकमा चार दशमलव ५९ प्रतिशत स्प्रेडदर रहेको थियो ।